Logo

२५ वैशाख,वीरगञ्ज । स्वतन्त्र मानव अधिकार समाज, केन्द्रिय कार्यालय वीरगंजले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालको ध्यानाकर्षण गराएको छ । वीरगंज भन्सार कार्यालयमा भईरहेको असहजता कार्यप्रति प्रजिअ भुषालको ध्यानाकर्षण गराएको हो ।
वीरगंज भन्सार कार्यालयमा सशस्त्रका प्रहरीहरुले चेकजाँचको नाममा कडा घाममा घण्टौ लाईनमा उभ्याएर दुख दिने गरेको मानव अधिकार समाजले जनाएको छ । तसर्थ त्यस्ता गतिविधिलाई सहजताको साथ कायम गराई दिन समाजले प्रजिअ भुषालसॅंग आग्रह गरेको छ ।
यस्तै नारायणी अस्पतालमा समय मै उपचारको  लागि गएका विरामीहरुले सम्बन्धीत डाक्टरहरुलाई भेटन नसक्दा विरामीहरुलाइ सास्ती भएकोप्रति प्रजिअ भुषालको ध्यानाकर्षण गराईएको छ ।
पर्सा जिल्ला प्रशासन कार्यालयमा हुने सामाजिक गतिविधिको सम्बन्धमा समाजका पदाधिकारीहरुलाई पनि समय मै सूचना सम्प्रेषण गर्न लगाई दिन हुन समेत प्रजिअ भुषाललाई आग्रह गरिएको छ । नारायणी अस्पतालमा रातको समयमा आकस्मीक कक्षमा खोजेको समय डाक्टरहरु भेट नहुने परिपाटिको अन्त्य गर्दै सुधार गर्न समेत प्रजिअ भुषालसँग अनुरोध गरिएको छ ।
सो अवसरमा सशस्त्र प्रहरीबल १३ नम्बर गणका प्रहरी नायब उपरिक्षक चन्द्र कुमार थापा, नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट चित्ररन्जन साह, नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ता, नारायणी अस्पतालका अनमी हेमा थापा लगायतको सहभागिता रहेको थियो ।
समाजका सभापति कृष्ण कुमार खनालको संयोजकत्वमा गएको टोलीमा उपसभापति नन्दी किशोर यादव, महासचिव दिपक साह कानु, सचिव आशिष कुमार, कोषाध्यक्ष उर्मिला कुशवाहा, सह-कोषाध्यक्ष रामभरोस यादव, केन्द्रिय सदस्य सोनालाल गुप्ता, लालबाबु गुप्ता तथा सहयोगी सुन्दर कुमार चौधरी लगायतका थिए ।


सम्बन्धित समाचार