Logo

३ जेठ,वीरगञ्ज । पर्सा जिल्ला पूर्ण खोप जिल्ला घोषणा भएको छ । जिल्लाका जन्मेदेखि १५ महिना उमेर समूहका सम्पूर्ण बालबालिकाले एउटा पनि खोप नछुटाई सबै खोप लगाएको अवस्थामा जिल्लालाई पूर्ण खोप घोषणा गरिएको हो ।

८ बर्षको निरन्तर प्रयासपछि पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको छ । आज वीरगन्जको क्लासिक वंक्वेटमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी मधेस प्रदेशको स्वाास्थ्य मन्त्रालयका सचिव डाक्टर प्रमोद यादवले पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्नुभएको हो ।

पर्सामा पूर्ण खोप कार्यक्रम २०७३ वैशाखबाट थालिएको थियो । मधेस प्रदेशका आठ मध्ये पर्सासहित चार जिल्ला पूर्ण खोप जिल्ला घोषणा हुन बाँकी रहेकोमा बाँकी रहेका चार जिल्ला मध्ये पर्सा पूर्ण खोप जिल्ला घोषणा हुने पहिलो जिल्ला भएको स्वास्थ्य कार्यालय पर्साका प्रमुख डाक्टर मुक्ति नारायण साहले बताए ।

उनका अनुसार अब मधेस प्रदेशका आठ मध्ये रौतहट, धनुषा र महोत्तरी गरी तीन जिल्ला मात्र पूर्ण खोप जिल्ला घोषणा हुन बाँकी रहेको छ ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश स्वास्थ्थ्य निर्देशनालयका निर्देशक डाक्टर राजिव झा, जिल्ला समन्वय समिति पर्साका उपप्रमुख पुरन कुर्मी, पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, पोखरिया नगरपालिकाका मेयर प्रधुमन चौहान, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, गैर सरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साह, वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, जिल्ला खोप समन्वय समितिका सदस्य जसपाल सिंह, जिल्लाका १४ वटै पालिकाका उपप्रमुख, स्वास्थ्य शाखा प्रमुख लगायतकोपनि उपस्थिति थियो ।


सम्बन्धित समाचार