Logo

९  जेठ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाईट राइडर्स फाइनलमा पुगेको छ । गएराति भएको पहिलो क्वालिफायरमा सनराईजर्स हैदराबादलाई ८ विकेटले हराएर कोलकाता फाइनलमा पुगेको हो ।

हैदराबादले दिएको १ सय ६० रनको लक्ष्य कोलकाताले १३ ओभर ४ बलमै २ विकेट मात्र गुमाएर भेट्टायो । कोलकाताको जितमा कप्तान श्रेयस ऐयरले अविजित सर्वाधिक ५८ रन बनाए । त्यसअघि टस जितेर ब्याटिङ गरेको हैदराबाद १९ ओभर ३ बलमा १ सय ५९ रनमा समेटिएको थियो । हैदराबादका लागि राहुल त्रिपाठीले सर्वाधिक ५५ रन बनाएका थिए ।

आईपीएलमा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलूरुबीच एलिमिनेटरको खेल हुँदैछ । एलिमिनेटर खेलको विजेतासँग फाइनलमा पुग्न हैदराबादले दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्यालिफायर पर्सि शुक्रवार र फाइनल खेल आइतवार हुनेछ ।


सम्बन्धित समाचार