Logo

१२ जेठ, वीरगञ्ज । वीरगञ्जमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वीरगन्जका सकृय महिलाहरुको संघसगठनले आयोजना गरेको उक्त शिविरमा २८६ जनाले स्वाथ्य लाभ लिएका छन् ।

उक्त शिविरमा वीरगन्जको गुडलाईफ मेडिको एण्ड क्लिनिकका डाक्टरहरुले सहयोग गरेका हुन् ।

छाला एवम कुष्ठरोग विशेषज्ञ डा. नीलमणि प्रियदर्शी, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. निकु मंडल, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. राँबिन यादव, जेनरल फिजिसियन डा. दीपेश झा, कान तथा घाँटी रोग विशेषज्ञ मोहमद कमालुदीन रैनले विरामीहरुको चेकजाँच गरेका थिए ।

शिवरिमा फोरजीआर, मारवाड़ी महिला मंच, अग्रवाल महिला मंच, वुमन्स स्किल्स सेंटर, एकल परिवार, तेरापंथ महिला मंडल, रोटरी क्लब ऑफ वीरगन्ज, वुमन्स क्रिएसन्स, लायंस सेंट्रल लेडीजÞ, लायंस सेंट्रल सिटी, लायंस संस्कृति, वीरगन्ज लेडिज सर्कल, र संस्कार परिवार जस्ता महिला समिलित संस्थाहरुले सहयोग गरेका थिए । विरामीहरुको रोग अनुसारको निशुल्क औषधी पनि वितरण गरिएको छ ।


सम्बन्धित समाचार