Logo

२८ जेठ, वीरगञ्ज । भारतले चिर प्रतिद्वन्दी पाकिस्तान माथि आइसीसी प्रतियोगितामा सफल रेकर्ड कायम राखेको छ ।

भारतले आइसीसी टि–२० विश्वकप अन्तर्गतको खेलमा पाकिस्तान माथि ६ रनको जित निकाल्दै पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावनामा ठुलो चोट पुर्याएको छ ।

पहिलो खेलमा अमेरिका विरुद्ध हार बेहोरेको पाकिस्तानलाई सुपर आठमा पुग्नका लागि अन्य नतिजामा भर पर्नुपर्ने अवस्था आएको छ । भारतले सबै खेल जितेको खण्डमा अमेरिकाको आयरल्याण्ड विरुद्धको हारले पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावना जिवितै राख्ने छ ।

हार पछि पाकिस्तानको सुपर आठमा पुग्ने सम्भावना न्युन बनेको छ ।

आईतबार राति भएको खेलमा जित हासिल गरेपछि भारतको २ खेलमा ४ अंक भएको छ । अमेरिकाको पनि २ खेलमा ४ अंक छ । क्यानाडाको २ खेलमा २ अंक रहेको छ भने पाकिस्तान २ खेलमा र आयरल्याण्ड १ खेलमा शुन्य अंकमा छन् ।

न्युयोर्कमा भएको खेलमा भारतले दिएको १ सय २० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले ७ विकेटको क्षतिमा १ सय १३ रन मात्र बनाउन सक्यो ।

एक समय ७२–२ को अवस्थामा रहेको पाकिस्तानले अन्तिम आठ ओभरमा खेल गुमाउन पुग्यो ।


सम्बन्धित समाचार