Logo

२८ जेठ, बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरमा एक बालकलाई सर्पले टोकेको छ ।

सर्पले टोक्नेमा जीतपुर बस्ने भोला कलवारका १३ बर्षिय छोरा जिगर कुमार गुप्ता रहेका छन् । उनलाई उपचारकोलागि नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था चिन्ताजनक रहेको जनाईएको छ ।

बालकलाई टोक्ने सर्प गहुन सर्पलाई स्थानीय सर्प रेस्क्युकर्ता दिपक नेपालले समातेर जङ्गलमा छोडेका छन् ।

गर्मि बढेसँगै जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पको बिगबिगी भएको छ । हरेकको घरबाट सर्प निस्केको अवस्था नै रहेको स्थानीयले बताउँने गर्छन् ।


सम्बन्धित समाचार