Logo

२९जेठ, वीरगञ्ज । वीरगञ्जको आदर्शनगरमा आज निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । वीरगंज समुदायिक आँखा अस्पताल, रुंगटा वेलफेयर सोसाइटी तथा ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर तथा ग्रीन सिटी समुदायिक सेवा केन्द्र आदर्श नगर १० वीरगंज संयुक्त आयोजनामा भएको आँखा परीक्षणमा २७५ जनाको आँखा परीक्षण गरिएको छ ।

त्यसमध्य दुईसय जना बालबालिका र ज्येष्ठ नागरिक तथा ७५ जना महिला रहेको वीरगन्ज सामुदायिक आँखा अस्पतालका मेडिकल कोअर्डिनेटार महेश सिंह धामीले जानकराी दिनुभयो । वीरगंज महानगरपालिका वडा नम्बर १० आदर्श नगर ग्रीन सिटी समुदायिक कार्यालयमा घुम्ती शिविरको आयोजना गरिएको हो ।

शिबिरमा आँखाको चेक जाँच, रगतको चेकजाँच, ब्लड प्रेसरको चेक जाच तथा अन्य रोगहरूको समेत परीक्षण चेक जाँच गरिएको ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिनुभयो । अत्यधिक गर्मीमा सेवा केन्द्रले शिविरमै सातु समेत खुवाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक दिपक भारती, नागरिक समाज, विभिन्न संघ संस्था सरकारी गैर सरकारी कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार