Logo

३० जेठ, वीरगञ्ज । आइसीसी टि २० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको समूह डी को खेल वर्षा र मैदान भिजेको कारण रद्द भएको छ । योसँगै दुवै टोलीले १–१ अंक बाँडे ।

फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा विहानदेखि निरन्तर वर्षाका कारण मैदान भिजेको थियो । साँझ ७ः३० बजे वर्षा रोकिएपनि मैदानको अवस्थाका कारण खेल हुन सकेन ।

नेपालको यससँगै २ खेलमा १ अंक भएको छ । ३ खेलमा १ अंक जोडेको श्रीलंका भने प्रतियोगिताबाट लगभग बाहिरिएको छ । अब बंगलादेश र नेदरल्यान्ड्सबीचको खेल वर्षाले रद्द भए मात्र श्रीलंकाको अंकगणितीय सम्भावना रहनेछ ।

यस समूहमा दक्षिण अफ्रीका ३ खेलमा ६ अंकका आठ सुपर ८ प्रवेश गरिसकेको छ । बंगलादेश र नेदरल्यान्ड्सको २ खेलमा २(२ अंक छ ।

नेपालले अब शुक्रबार दक्षिण अफ्रीका र आइतबार बंगलादेशको सामना गर्नेछ ।


सम्बन्धित समाचार