Logo

१३ असार, काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्वाचनको उम्मेदवारी मनोनयनको मिति सरेको छ ।

असार २२ गते मतदान हुने गरि बिहीबार आज १३ गते मनोनयनको निर्वाचन समितिले मिति तय गरेको थियो । केही आन्तरिक तयारी नपुगेको भन्दै निर्वाचन समितिले २ दिन पछि मिति सारेको हो । निर्वाचन समितिका अनुसार अब १५ गते मनोनयन हुनेछ ।

प्रदेश समितिका लागि भने १७ गते मनोनयन मिति राखिएको छ । मतदान भने जिल्ला, प्रदेश र केन्द्रको एकैदिन २२ गते गर्ने महासंघको तयारी रहेको छ ।


सम्बन्धित समाचार