१६ मंसिर, काठमाडौँ । पालिका तहमा रिक्त रहेका विभिन्न ४१ पदका लागि अहिले मतदान भइहेको छ । बिहान ७ बजेदेखि शुरु भएको मतदानमा मतदाताको उत्साजनक सहभागिता रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले दिएको जानकारी अनुसार सबै केन्द्रमा उत्साजनक र शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । नगरपालिका मेयर एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो ।
यो उपचुनावमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको जनाएको छ ।