२५ मंसिर, वीरगञ्ज । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वीरगंज महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतकोे जिम्मेवारी अरबिन्दलाल कर्णलाई दिएको छ ।
वीरगञ्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाको प्रमुखको जिम्मेवारीमा रहेका कर्णलाई मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृतको समेत जिम्मेवारी दिएको हो । उनी दशौं तहका कर्मचारी हुन ।
तत्कालीन प्रमुख प्रशासकिय अधिकृत मातृका भट्टराईको मन्त्रालयमा सरुवा भएपछि वीरगञ्ज महानगरपालिका दुई महिना देखि प्रमुख प्रशासकिय अधिकृत विहिन हुन पुगेको थियो । आइतवार वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले कर्णलाई प्रमुख प्रशासकिय अधिकृतको रुमपा स्वागत गरेको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिका मेयर राजेशमान सिंह, संघिय सरकारका खानेपानी मन्त्री प्रदिप यादव र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको रोजाईका पात्रको रुपमा परेका कर्णलाई महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृको भूमिका पाउँन पनि सहज भएको महानगरपालिका स्रोतको भनाई छ ।
वीरगञ्ज महानगरपालिका लामो समय देखि आर्थिक संकटमा छ । संघिय सरकारले दिने वित्तिय र आर्थिक अनुदानको रकम कटौती गरेको र स्थानीय रुपमा उठनु पर्ने करमा समेत सकरात्मक बृद्धि हुन नसक्दा महानगरपालिकाले विकास निर्माण सम्वन्धि ठूला तथा मझौला योजनाहरु संचालन गर्न सकेको छैन ।
लक्ष्य अनुसारको स्थानीय रुपमा कर संकलन हुन नसक्नु, संघिय सरकारले बजेटमा विभेद गर्दै तोकिएको बजेट रकमा समेत ३० प्रतिशत सम्म कटौती गर्नु र प्रदेश सरकारबाट विकास निर्माणमा सहयोग पुग्ने खालका ठोस बजेटको व्यवस्था नहुनुले महानगर आर्थिक संकटमा पर्दै गएको हो ।
महानगरपालिकासँग अहिले नियमित रुपमा कर्मचारीलाई तलव भत्ता उपलब्ध गराउन सक्ने रकम समेत नभएको बताईन्छ । अवकास पाइसकेका दुई दर्जन भन्दा बढी कर्मचारीको निवृत्ति कोषको समेत महानगरपालिकाले दिन नसकेको अवकास प्राप्त कर्मचारीले बताए ।