Logo

३ साउन, काठमाडौँ । अविरल वर्षापछि खोलामा आएको बाढीले बगाउँदा खोटाङमा दुईजनाको मृत्यु भएको छ।

शनिबार परेको अविरल वर्षाका कारण आएको बाढीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ६ नेर्पास्थित कालीखोलाले बगाउँदा ४३ वर्षीय शान्ता राईको मृत्यु भएको छ।

यस्तै, केपीलासगढी गाउँपालिका–४ गौरिगाँउस्थित गाईखुरे खहरे खोल्सीले बगाउँदा सोही ठाउँका ७१ वर्षीय पर्शुराम परियारको मृत्यु भएको छ।

दुबै घटनामा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए।


सम्बन्धित समाचार
भर्खरै