२९ मंसिर, वीरगञ्ज । नेपाल पत्रकार महासङ्घ पर्साको अध्यक्षमा ओमप्रकाश खनाल निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न निर्वाचनमा खनाल ८४ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी अनुप तिवारीको ७५ मत छ ।
निर्वाचित अध्यक्ष खनालले पर्साको पत्रकारिता क्षेत्रको स्वतन्त्रता, विकास, र पत्रकारहरूको हकहित सुनिश्चित गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। यस्तै भूषण यादव उपाध्यक्ष र विजय चौहान सचिव पदमा विजयी भएका छन् ।
महिला उपाध्यक्षमा निलिमा पौडेल विजयी भएकी छन् । नव निर्वाचित कार्यसमितिले पत्रकारिता क्षेत्रको मजबूतीका लागि मिलेर अघि बढ्ने अपेक्षा गरिएको छ।
FNJ Parsa List