
४ फागुन,वीरगञ्ज । बारामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा थप एक जना घाइते भएका छन् । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित शुलभ ट्रेडर्स अगाडी सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जितपुरसिमरा–२ बस्ने उदित नारायण झा छन् । पथलैयाबाट वीरगन्जतर्फ आउँदै गरेको ना ६ ख २८९५ नम्बरको ट्रकले विपरित दिशाबाट जाँदै गरेको ना ४० प ४१९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते उनको उपचारका क्रममा एलएस न्यूरो अस्पताल परवानीपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जितपुरसिमरा–२ नै बस्ने १८ वर्षका उत्पल आचार्य गम्भीर घाइते छन् । उनको दाहिने खुट्टा र टाउकोमा चोट लागेको तथा सोही अस्पतालमा उपचार भइरहेको बारा प्रहरीका डिएसपी प्रकाश सापकोटाले बताए ।
प्रहरीले ट्रक चालक धादिङ गजुरी–६ पोखरी खोला बस्ने सन्दिप भुजेल तथा सहचालक सोही ठाउँका सुशिल थापालाई पक्राउ गरेको छ ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बारा प्रहरीले जनायो ।