Logo

७ फागुन,वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको नयाँ नेतृत्व चयनको लागि मतदान जारी रहेको छ । बुधबार बिहान १० बजेदेखि जारी मतदानमा यो समाचार तयार पार्दासम्म एकसय मत खसिसकेको निर्वाचन समिति सदस्य प्रभाकर गुप्ताले जानकारी दिए । एकसय ३४ मतदाता संख्या रहेको शाखाको मतदान अबको आधा घण्टामा सकिने छ ।

शाखाका कार्यसमितिकिो १७ पदको लागी ३३ जनाको उमेदवारी परेको छ । सभापतिमा बिरेन्द्रराज कँडेल र बृजकिशोर पटेलको प्यानलबीच चुनावी प्रतिस्पर्धा भएको छ । उपसभापतिमा महिला तर्फबाट उपसभापतिमा सुश्री सरिता कुमारी यादव, मधु राणाको उमेदवारी परेको छ । भने उपसभापित खूलातर्फ बिनोद कोईरी, भगवती चौधरीको उमेदवारी परेको छ ।

एकजना मन्त्री पदको लागि महन्थ प्रसाद यादव, विनोद गिरीको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा काशी प्रसाद साह तेली, दयाशंकर सिंह राजपुतको नाम परेको छ भने उपन्त्रीमा साविर अहम्मद एराज र सन्तोष कुमार गुप्ताको नाम परेको छ । उपकोषाध्यक्षमा अफरोज अहम्मद, पवित्रा गजुरेलबीच प्रतिस्पर्धा हुनेछ ।

यसैबीच ३ जना महिला सदस्य पदको लागि पाच जनाको उमेदवारी परेको छ भने ७ जना सदस्य पदमा १४ जनाको उमेदवारी परेको निर्वाचन समिति सदस्य गुप्ताले बताए । मतदान सकिए लगत्तै मतगणनाको कार्यतालिका तय भएको छ । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा अन्तर्गत ग्रामिण भेगतर्फ १४ वटा उपशाखा र शहरी क्षेत्रमा ८ वटा गरी कुल २२ वटा उपशाखा रहेको छ ।


सम्बन्धित समाचार