
८ फागुन, वीरगञ्ज । नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण आज सम्पन्न भएको छ । हिजो सम्पन्न मतदानबाट निर्वाचित सपभाति वृजकिशोर पटेल, उपसभापति मधु राणा, उपसभापति भगवती चौधरी, मन्त्री विनोद गिरी, कोषाध्यक्ष दयाशंकर सिंह राजपुत, उपकोषाध्यक्ष पबित्रा गजुरेल निर्वाचित हुनुभएको छ ।
सदस्यहरु शिवनाथ प्रसाद यादव, दिनानाथ रौनियार, मदन प्रसाद गुप्ता, जितेन्द्र कुमार वर्मा, बाबुनन्द चौरसिया, अलिअसगर देवान, जयकान्त उपाध्याय, कविता खड्का, मूना खनाल र बबिता कुमारी कानु कार्यसमितिमा निर्वाचित भएका छन् ।
उपमन्त्रीमा संतोष कुमार गुप्ता र साविर अहमद एराजले बराबर मत पाएका छन् । बराबर मत आएको उपमन्त्री पद बाहेकका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई आज निर्वाचन अधिकृत नारायण तिमिल्सिनाले सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र पनि वितरण गर्नुभएको छ ।
उपमन्त्रीको पदको सपथग्रहण भने अहिलेका लागि स्थगित गरिएको निर्वाचन अधिकृत तिमिल्सिनाले बताए ।