Logo

९ चैत,काठमाडौं । करेन्ट लागेर चितवन र रुपन्देहीमा एक÷एक जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारस्थित आयुष्मा मोटरबोट कम्पनी प्रालिमा काम गर्ने एक जनाको मृत्यु भएको हो ।

सी पूर्व गैंडाकोट नगरपालिका–१ बस्ने ५५ वर्षीय कुल पौडेलको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । बत्ती बाल्नका लागि तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

उता, रूपन्देहीको सैनामैना नगरपालिका–४ कुस्मा बस्ने ३२ वर्षीय जित बहादुर थारूको करेन्ट लागेर शुक्रबार बेलुकी मृत्यु भएको छ ।

आफ्नो घरमा विद्युतको लाइन नआएपछि विद्युतको तार चेक गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार