Logo

२२ चैत,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूको प्रतिवाद गर्न नेवार समुदायले काठमाडौंमा भेला गर्न लागेको बताएका छन्। बर्दियाको गुलरियामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले उक्त जानकारी दिएका हुन्।

उनले भने, ‘पर्सी नेवार बुद्धिजीवी र नेताहरूले भेलाद्वारा हामीले ठूलो नेवार समुदायको सम्मेलन गर्ने र हजारौँ उपस्थित गराएर खबरदारी गर्ने सोचेका छौँ। त्यसको तयारी गर्न आजै फर्किँदैछौं।’ प्रचण्डले काठमाडौंमा पनि प्रतिवाद र हस्तक्षेप गरिरहनुपर्ने अवस्था रहेको बताए।

आफू नेतृत्वको सरकार ढालेर कांग्रेस एमाले मिलेर बनेको सरकारलाई जनताले नरुचाएको दाबी गर्दै प्रचण्डले अपारदर्शी तरिकाले सरकार ढाल्ने काम भएको बताए। उनले भने, ‘त्यो असंवैधानिक र असंवैधानिक छ भनेर मैले भन्दै आइरहेको छु, यो जनताको भावना, आकांक्षा र आवश्यकताको पनि विपरीत छ गलत भएको छ।’

प्रचण्डले आफ्नो पार्टी जनताको साथ जुटाएर भ्रष्टाचारको रक्षा गर्ने र कुशासन कायम गर्ने प्रयासलाई विफल पार्ने संकल्पका साथ अभियान चलाइरहेको बताए।


सम्बन्धित समाचार