Logo

२२ चैत,जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा दीपेन्द्र नारायण चौधरीसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको अभियोगपत्र दायर गरेको छ।

कार्यालयका खरिदार मुन्नुकुमार दास र लेखापढी कानुन व्यवसायी जिवछ महतोले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ३५ हजार रुपैयाँ घुस मागिरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको थियो।

अख्तियारले गरेको अनुसन्धानका क्रममा नायब सुब्बा चौधरीको समेत यस कार्यमा संलग्नता रहेको पुष्टि भएको जनाएको छ। आयोगले उनीहरुविरुद्ध एक महिनादेखि छ महिनासम्म कैद सजाय र ३५ हजार रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।


सम्बन्धित समाचार