२२ चैत, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने पक्राउ परेका छन् । लामिछानेलाई प्रहरीले उनको घरमै पुगेर गिरफ्तार गरेको हो ।
सुप्रिम सहकारी ठगी र संगठित अपराधका अभियुक्त रवि लामिछानेलाई पक्राउ गर्न उच्च अदालत तुलसीपुरले शुक्रवार आदेश गरेको थियो ।
उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीलगायतको आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश गरेलगत्तै प्रहरी उनलाई पक्रन पुगेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री लामिछाने शुक्रबार साँझ ९ बजे उनको काठमाडौँस्थित निवासबाट पक्राउगरी रुपन्देही लागिर्दै छ ।
उच्च अदालतको आदेश प्राप्त भएलगत्तै प्रहरीको केन्द्रीय अनुन्धान ब्युरो (सीआईबी) का एसएसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

















