
२६ चैत, रौतहट । रौतहटको गौरमा अनुमति नलिई कतिपय विद्यालय सञ्चालनमा आएको भन्दै प्याब्सन गौर नगर समितिले नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
समितिका अध्यक्ष जमिल अख्तरले मापदण्ड नपुगेका र कागजात नभएका विद्यालयले बालबालिकाको भविष्यसँग खेलबाड गरिरहेको भन्दै कारबाहीको माग गरेका छन् । कतिपय विद्यालयले तल्लो कक्षाको अनुमति लिएर माथिल्लो कक्षा समेत सञ्चालन गर्दै आएको पाइएको छ ।
समितिले संघीय शिक्षा ऐन र गौर नगर शिक्षा ऐन २०७४ कार्यान्वयन गर्न माग गर्दै नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
नगर प्रमुख शम्भु साहले विद्यार्थी भर्ना अघि अभिभावकले विद्यालयको अनुमति अवस्था जाँच गर्नुपर्ने बताएका छन् ।