Logo

२७ चैत, वीरगञ्ज । सशस्त्र प्रहरी बल, पर्साले भारतबाट अबैध रूपमा ल्याइएका झन्डै ८ लाख ७ हजार रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिई भन्सार दाखिला गरेको छ ।

सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अबैध रूपमा ल्याइरहेका विभिन्न सार्वजनिक सवारी साधनहरूमा भन्सार छली गरेर लुकाई छिपाई लोड गरिएको सामानलाई नियन्त्रणमा लिएको हो ।

टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का विभिन्न नाकामा चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा शसस्त्रले किराना, कपडा, स्पोर्टस् जुत्ता र मोटरसाइकलसहितको सामग्री बरामद गरेको ।

६ लाख ६४ हजार ३४५ रुपैयाँ बराबरको किराना, कपडा, स्पोर्टस् सुज र ना ३७ प ६३७० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइ, वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सुचना अधिकारी एवं सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंहले जानकारी दिए ।

यस्तै अमरपट्टी नाका, सिर्सिया र ड्राइपोर्ट नाकाबाट थप १ लाख ४३ हजार रुपैयाँ बराबरका सामानसमेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । सबै सामग्रीहरू वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जनाइएको सिंहले जानकारी दिए ।


सम्बन्धित समाचार