Logo

२७ चैत, वीरगञ्ज । वीरगञ्ज कलेजले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा १५ महिलासहित ६२ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा रितिका कुमारी महर्जन,प्रिती कुमारी,सुनिता साह,जान्भी गुप्ता, रिया यादव, श्रवण पटेल, विकेश कुमार लगायतका रहेका छन् ।

त्यस्तै, बिनय थारु, बिकेश कुमार पटेल, नवल किसोर ठाकुर, धिरज दास, नितेस गुप्ता लगायतले उल्लेखनीय योगदान पुर्‍याएका थिए । वीरगञ्ज कलेजका अध्यक्ष डा.दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, बरिष्ठ उपाध्यक्ष वरिष्ठ उपाध्यक्ष सुशिला साह, नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल, क्याम्पसका सहायक प्रमुख रुदल ठाकुर, प्रशासन प्रमुख सुरेश प्रसाद चौधरी, डा.अशोकराज ठाकुर लगायतकाको उपस्थिति रहेको थियो।

कलेजले हरेक बर्ष माघ महिनामा आयोजना गर्दै आएको रक्तदान यसपटक भने चैतमा आयोजना गरेको छ । माघ महिनामा रगतको खपत कम हुने र गर्मी मौसममा रगतको खपत बढी हुने र माग पनि बढी हुने भएकोले यसलाई पूर्ति गर्न रक्तदानको आयोजना गरिएको कलेजका अध्यक्ष डा.दीपेन्द्र कुमार चौधरीले बताए ।

रक्तदानमा विद्यार्थीहरुलाई सहभागिता गराई उत्प्रेरणा जगाउने र रक्तदानलाई व्यापक बनाउनका लागि पनि कार्यक्रमको आयोजना गरिएको डा.चौधरीले बताए । कार्यक्रम सफल बनाउन रेड क्रस सोसाइटीको प्राविधिक टोली तथा द्य।ऋ।ए।ी। स्टुडेन्ट क्लबको महत्वपूर्ण भूमिका रहेको थियो।


सम्बन्धित समाचार