
३१ चैत, काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(महासंघ)काे केन्द्रीय अध्यक्षमा लक्की चाैधरी निर्वाचित भएका छन् ।
अर्का अध्यक्षका उम्मेद्वार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि लक्की चाैधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै फाेनिजकाे वरिष्ठ उपाध्यक्षमा सरू रानामगर निर्वाचित भएकी छिन् । वरिष्ठ उपाध्यक्षमा एक्लाे उम्मेदवारी परेपछि उनी निर्विराेध निर्वाचित भएकी हुन् ।
फाेनिजकाे लेखा समिति संयाेजकमा गजेन्द्र राई निर्वाचित भएका छन् ।
यस्तै प्रदेश १ काे प्रदेश इन्चार्जमा राई निर्वाचित भएका छन् भने लुम्बिनी प्रदेशकाे इन्चार्जमा राजेन्द्र गुरुङ निर्वाचित भएका छन् ।
यस्तै उपाध्यक्ष, महासचिव, सचिव र खुल्ला सदस्यमा निर्वाचन हुने निर्वाचन अधिकृतले जानकारी दिए ।