
१४ बैशाख, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ । वडा नम्बर २ की महिला सदस्य उर्मिल गिरीको शनिबार उपचारको क्रममा निधन भएको शोकमा नगरपालिकाले आज आईतबार सार्वजनिक बिदा दिएको हो ।
गिरीको असामयिक निधनप्रति नगरपालिका शोकमा डुबेको छ । नगरप्रमुख प्रद्युमन चौहानद्वारा जारी शोक विज्ञप्तिमा नगरपालिका परिवारले गहिरो दुःख व्यक्त गर्दै स्वर्गीय गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । नगरप्रमुख चौहानले शोकसन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरेका छन् ।
यस दुःखद घडीमा नगरपालिका र मातहतका सम्पूर्ण वडा कार्यालय, सेवा केन्द्र तथा ईकाइहरु आईतबार (आज) बन्द रहने विज्ञप्तिमा उल्लेख छ ।