Logo

१४ बैशाख, काठमाडौँ । जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले घटनाको निष्पक्ष जाँचमा सहयोग गर्न तयार रहेको बताएका छन् ।

बीबीसीका अनुसार, प्रधानमन्त्री शरीफले भारतले लगाएका निराधार आरोपको विरोध गर्दै शान्ति चाहेको तर यसलाई कमजोरी नठान्न चेतावनी पनि दिएका छन् ।

गत मङ्गलवार पहलगाममा भएको आक्रमणमा २६ जनाको ज्यान गएपछि भारतले पाकिस्तानसँग सिन्धु जल सन्धि निलम्बन गर्ने र अटारी बोर्डर बन्द गर्ने निर्णय गरेको छ । यसको जवाफमा पाकिस्तानले पनि केही कडा कदम चालेको छ । दुई देशबीच सीमा क्षेत्रमा गोली हानाहानका घटना पनि भएका छन् ।

प्रधानमन्त्री शरीफले सेना सीमाको रक्षा गर्न तयार रहेको र कुनै पनि गलत कदम नचाल्न भारतलाई चेतावनी दिएका छन् ।


सम्बन्धित समाचार