Logo

१९ बैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आज शोक विदा दिएको छ । वीरगञ्ज महानगरपालिकामा कार्यरत अधिकृत स्तर छैठौं तहका झुना महराको असामयिक निधनको शोकमा आज विदा दिएको हो । महराको वैशाख १८ गते निधन भएको हो।

वीरगञ्ज महानगरपालिकाले उहाँको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। महानगरपालिकाले दिवंगत महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

दिवंगत महराको शोकमा शुक्रबार बिहान १०ः३० बजे वीरगंज महानगरपालिकाको प्रांगणमा शोक सभा आयोजना गरिएको छ। नगर प्रमुखको उपस्थितिमा हुने उक्त शोक सभामा महानगरपालिकाका सम्पूर्ण कर्मचारीहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

साथै, सोही दिन महानगरपालिका अन्तर्गतका अत्यावश्यक सेवाहरू बाहेक सम्पूर्ण सेवाहरू बन्द रहने प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जानकारी दिए ।

May be an image of text


सम्बन्धित समाचार