Logo

२१ बैशाख, वीरगञ्ज । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले १४ घण्टा ५४ मिनेट लामो पत्रकार सम्मेलन गरेर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कीर्तिमान तोडेका छन्। ज्ञ जेलेन्स्कीले सन् २०१९ मा १४ घण्टा लामो पत्रकार सम्मेलन गरेका थिए।

शनिबार स्थानीय समयअनुसार बिहान १० बजे सुरु भएको पत्रकार सम्मेलन मध्यरातसम्म चलेको थियो। माल्दिभ्स सरकारले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर यो पत्रकार सम्मेलन आयोजना गरेको थियो।

पत्रकार सम्मेलनमा राष्ट्रपति मुइज्जुले पत्रकारहरूले उठाएका विभिन्न प्रश्नहरूको जवाफ दिएका थिए। उनले समाजमा प्रेसको महत्वपूर्ण भूमिकालाई स्वीकार गर्दै तथ्यपरक, सन्तुलित र निष्पक्ष रिपोर्टिङको महत्वमा जोड दिएका थिए।

सन् २०२३ मा सत्तामा आएका मुइज्जुको नेतृत्वमा माल्दिभ्स रिपोर्टर्स विदाउट बोर्डर्स ९आरएसएफ० ले प्रकाशित गरेको सन् २०२५ को विश्व प्रेस स्वतन्त्रता सूचकांकमा १८० देशमध्ये १०४औं स्थानमा पुगेको छ।

यसअघि, राष्ट्रपति मुइज्जुले ुपानीमुनि मन्त्रिपरिषद्को बैठकु आयोजना गरेर अर्को विश्व रेकर्ड कायम गरेका थिए। माल्दिभ्स समुद्रको सतह बढ्दै गएकोले ग्लोबल वार्मिङविरुद्धको लडाइँको अग्रपङ्क्तिमा रहेको छ।


सम्बन्धित समाचार