Logo

२२ वैशाख, काठमाडौं । पहलगाममा भएको आतंकारी आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दो तनावलाई लिएर संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमबार मे ५ बन्द कोठामा छलफल गर्ने भएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार सुरक्षा परिषद्ले पाकिस्तान र भारतबीचको पछिल्लो अवस्थाबारे छलफल गर्नेछ।

आइतबार पाकिस्तानको विदेश मन्त्रालयले पहलगाम आक्रमणपछि क्षेत्रमा भएका पछिल्ला घटनाक्रमबारे संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई जानकारी गराउने निर्णय गरेको थियो। विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तानका विदेशमन्त्री इशाक दारले संयुक्त राष्ट्र संघका लागि पाकिस्तानका स्थायी प्रतिनिधि राजदूत असिम इफ्तिखारलाई सुरक्षा परिषद्को बैठक बोलाउन निर्देशन दिएका छन्।’

अप्रिल २२ मा जम्मु(कश्मीरको पहलगाममा आतंककारीहरूले २६ जनाको हत्या गरेका थिए, जुन २०१९ मा पुलवामा भएको आक्रमणपछि सबैभन्दा घातक हमला हो।

संयुक्त राष्ट्र सुरक्षा परिषद्‌मा हुने बन्द ढोकाको छलफल सार्वजनिक नगरिने भएकाले यस छलफलको नतिजा र यसले क्षेत्रीय स्थिरतामा पार्ने प्रभावलाई अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियाल्नेछ।


सम्बन्धित समाचार