Logo

२४ बैशाख, वीरगञ्ज । वीरगञ्ज कारागार र बाल सुधार केन्द्रमा रहेका बाल बिज्याईहरूको समस्या समाधानका लागि विभिन्न संघसंस्थाहरूले पहल थालेका छन् । बाल सुधार गृहभित्र रहेका युवाहरूले भोगिरहेका समस्यालाई मध्यनजर गर्दै उनीहरूको पठन संस्कृति विकासमा जोड दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न एक कार्यक्रममा कारागारभित्र रहेका १०६ जना कैदीबन्दीहरूलाई ५०० थान पुस्तक वितरण गरिएको छ । प्यब्सन र एन–प्याब्सनको सहयोगमा उपलब्ध गराइएका यी पुस्तकहरूले उनीहरूको पढ्ने बानीको विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले परिस्थितिले कानुनको दायरामा आएका युवाहरूको दृष्टिकोण परिवर्तन गर्न र उनीहरूलाई सकारात्मक मार्गमा डो¥याउन पठन संस्कृति महत्वपूर्ण हुने बताए ।

यसैबीच, गर्मी मौसमलाई ध्यानमा राख्दै लायन्स क्लबले कारागारलाई १८ वटा पंखा सहयोग गरेको छ । यसले कारागारभित्रको वातावरणलाई केही हदसम्म सहज बनाउने अपेक्षा गरिएको छ । सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन वीरगंज महानगरपालिकाले कारागारमा ८ वटा सीसीटीभी क्यामेरा जडान गर्ने भएको छ ।

त्यसैगरी, खानेपानीको समस्यालाई सम्बोधन गर्दै रुगंटा वेलफेयर सोसाइटीले यसको जिम्मा लिएको छ । बाल सुधार केन्द्रमा पुस्तकालय स्थापना गर्ने कार्य पनि आजैबाट सुरु गरिएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रा, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, वीरगञ्ज महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशिला साह, समाजसेवी उषा शाह र पशुपतिविक्रम शाह लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार