Logo

२४ वैशाख वीरगञ्ज । बढ्दो गर्मीलाई मध्यनजर गर्दै उपकार सेवा नेपालले बिरगंज महानगरपालिका वडा नम्बर ३२, टेढास्थित श्रीमती मनमिश्रा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई राहत पुग्ने गरी आठ थान सिलिङ पंखा सहयोग गरेको छ।

विद्यालयमा आयोजित एक कार्यक्रमका बीच संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले विद्यालयका प्रधानाध्यापक राजाराम साहलाई उक्त पंखाहरु हस्तान्तरण गरेकी हुन्। यो सहयोगले विद्यालयमा कक्षा शिशुदेखि कक्षा ८ सम्म अध्ययनरत ६९६ जना बालबालिकालाई गर्मी मौसममा सहजता प्रदान गर्ने विश्वास लिइएको छ।

उक्त कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश, संस्थाकी अभिभावक पद्मा देवी सरावगी, सदस्य अंकुर शर्मा, विद्यालयका शिक्षक कृष्णमुरारी प्रसाद कलवारलगायत शिक्षक शिक्षिका, स्थानीय भद्रभलादमी र विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

पंखाहरु ग्रहण गर्दै प्रधानाध्यापक साहले उपकार सेवा नेपालको यो सहयोगले विद्यार्थीहरुलाई गर्मीमा अध्ययन गर्न सहज हुने बताए। संस्थाकी अध्यक्ष सरावगीले बालबालिकाको स्वास्थ्य र शिक्षालाई ध्यानमा राख्दै आगामी दिनमा पनि यस्ता सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरिन्।

यस्तो सहयोगले बढ्दो गर्मीमा विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई ठूलो राहत मिलेको छ। उपकार सेवा नेपालको यो कार्यले शिक्षा क्षेत्रमा सकारात्मक योगदान पुर्याएको स्थानीयवासीले बताएका छन्।


सम्बन्धित समाचार