
२४ वैशाख, काठमाडौं । कश्मीरमा पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु भएको भारतीय सेनाले जनाएको छ। समाचार संस्था रोयटर्स र एएफपीले भारतीय सेनाको हवाला दिँदै उक्त जानकारी दिएका हुन्।
उता, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बीबीसीसँग कुरा गर्दै भारतको आक्रमणमा दुई बालबालिकासहित सात जनाको ज्यान गएको बताएका छन्। चौधरीका अनुसार आक्रमणमा एक मस्जिदसहित कैयौं स्थानहरूलाई निशाना बनाइएको थियो।
यस घटनापछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले कडा प्रतिक्रिया जनाएका छन्। उनले पाकिस्तानले भारतीय आक्रमणको निर्णायक जवाफ दिने पूरा अधिकार राख्ने बताएका छन्।
दुवै देशका सेनाले एकअर्कालाई आक्रमण गरेको आरोप लगाएका छन्। यस घटनाले सीमा क्षेत्रमा थप तनाव बढाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
यो पनि पढ्नुहोस् :
- भारतको ‘अपरेशन सिन्दूर’ प्रति चीनको प्रतिक्रिया : शान्त रहन आग्रह
- ‘एयर स्ट्राइक’पछि भारतीय सेनाका चारवटा लडाकु विमान दुर्घटनाग्रस्त