
७ वैशाख, वीरगञ्ज । वीरगन्जको नेशनल मेडिकल कलेजका सुरक्षागार्डले बिरामीका आफन्तलाई दुर्व्यवहार गरेको घटना बाहिरिएको छ । कलैया उपमहानगरपालिका वडा नं.८ की बिरामी कलिजा खातुनको कुरुवा बसेका आफन्तलाई मेडिकल कलेजका सुरक्ष गार्डले दुर्व्यवहार गरेको हो ।
हात भाँचिएर विगत १५ दिन देखि नेशनल मेडिकल कलेजमा अपरेशन गरी सजिर्कल वार्डमा उपचार गराई रहेकी कलिजा खातुनलाई कुर्न बसेका आफन्तहरुलाई नै बिरामीसँग भेट्न नदिएर मेडिकल कलेजका सुरक्षागार्डले दुव्र्यवहार गरेको बिरामीका आफन्तले गुनासो गरेका छन् ।
बुधबार विहानदेखि कुरुवाहरुलाई विरामीसँग भेटन नदिएपछि कुरुवा र सुरक्षा गार्डबीच विवाद भएको भिडियो सार्वजनिक भएको छ । सुरक्षा गार्डहरुले जान नदिएपछि कारण सोध्दा उनीहरुले दुव्र्यवहार गरेको बिरामीका आफन्तको भनाई छ । घटनाको विषयमा नेशनल मेडिकल कलेजले भने अस्वीकार गरेको छ ।
मेडिकल कलेजका प्रशासन प्रमुख गौशुल आजमले अस्पतालमा बिरामीका कुरुवाहरु भुँईभरी सुतेर बाटो अवरुद्ध बनाउने गरेपछि सुरक्षा गार्डहरुले हटाएको बताए । उनले बिरामीका कुरुवाहरुले राति पनि वार्ड मै सुत्न खोज्ने र सुत्न नमिल्ने भनेर सुरक्षा गार्डहरुले हटाउदा नमानेर विवाद गर्ने गरेको बताए ।
सुरक्षा गार्डहरुले बिरामीका कुरुवालाई दुर्व्यवहार भने नगरेको आजमको जिकिर छ । घटनाको विषयमा जानकारी पाएपछि उनी आफै गएको र त्यस्तो दुर्व्यवहारको घटना भने नभएको बताए ।