
२७ बैशाख, काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले राष्ट्रिय कमान्ड प्राधिकरणको आकस्मिक बैठक बोलाएका छन् । उनले भारतविरुद्ध ‘अपरेशन बुनयान–उल–मरसूस’ प्रारम्भ गरेलगत्तै उक्त बैठक बोलाएका हुन् ।
राष्ट्रिय कमान्ड प्राधिकरण (एनसीए) पाकिस्तानको आणविक हतियार नीति, नियन्त्रण, सुरक्षा र प्रयोग नियमन गर्ने केन्द्रीय निकाय हो । सन् २००० मा स्थापना गरिएको यो प्राधिकरण पाकिस्तानको सैन्य र राजनीतिक नेतृत्वबीचको समन्वयद्वारा संचालित हुन्छ, जसले आणविक हतियारहरू सुरक्षित र जिम्मेवारीपूर्वक प्रयोग गरिने सुनिश्चित गर्छ।
भारतले हालै कश्मीरमा गरेको ‘अपरेशन सिन्दूर’ पछिको यो जवाफी कूटनीतिक–सैन्य संकेतका रूपमा लिइएको छ । प्रधानमन्त्री शरीफले आन्तरिक सुरक्षा, क्षेत्रीय स्थायित्व र अन्तर्राष्ट्रिय दबाबका सन्दर्भमा निर्णायक रणनीति तय गर्नका लागि बैठक आह्वान गरेको विश्लेषकहरू बताउँछन्।
यसबीच, भारतले भने पाकिस्तानको पछिल्लो कदमप्रति आधिकारिक प्रतिक्रिया दिएको छैन ।