Logo

२७ वैशाख,इस्लामबाद। भारत र पाकिस्तानबीचको सीमा क्षेत्रमा तनाव कम हुने संकेत देखिएको छैन। दुवै देशले एकअर्काको सीमा र सैन्य ब्यारेकसम्म हमला गरिरहेको अवस्थामा पाकिस्तानले भारतको ‘अपरेशन सिन्दूर’ विफल पार्न सफल भएको दाबी गरेको छ।

पाकिस्तानी सरकारी सञ्चार माध्यम पीटीभीका अनुसार पाकिस्तानले हालसम्म ७७ भारतीय ड्रोन खसालेको छ। पीटीभीले पाकिस्तानी सुरक्षा स्रोतलाई उद्धृत गर्दै मे ८ को साँझसम्म २९ भारतीय ड्रोन खसालिएको र बिहीबार राति थप ४८ ड्रोन नष्ट गरिएको जनाएको छ।

पाकिस्तानी स्रोतले भारतीय आक्रमणको ‘उचित जवाफ’ दिइरहेको दाबी पनि गरेको छ। दुवै देशबीचको यो बढ्दो तनावले सीमा क्षेत्रमा थप अस्थिरता निम्त्याउन सक्ने अनुमान गरिएको छ।


सम्बन्धित समाचार