Logo

१३ जेठ,वीरगञ्ज । वर्षीया एक बालिकालाई अपहरण गरी भारत पु¥याएर पटकपटक करणी गरेको आरोपमा २५ वर्षीय मनिष पासवानलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ। पीडित पक्षको जाहेरीका आधारमा पासवानलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीका अनुसार, गत २०८१ मंसिर २५ गते बिहान १० बजे घरबाट खाना खाई बजार गएकी ती बालिका घर नफर्किएपछि आफन्तले खोजतलास गरेका थिए। खोजतलासका क्रममा भारत बिहार स्थायी घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भिष्वामा डेरा गरी बस्दै आएका मनिष पासवानले “विहे गर्छु“ भन्दै झुट्टा प्रलोभनमा पारी बालिकालाई ललाई फकाई भारत लगेको खुलेको छ।

भारतमा पटकपटक करणी गरेपछि पासवानले पीडित बालिकालाई २०८२ जेठ ११ गते वीरगञ्जमा ल्याएर छाडेर गएको पीडित पक्षले जाहेरीमा उल्लेख गरेका छन्। जाहेरी प्राप्त भएलगत्तै प्रहरीले पासवानलाई जेठ १२ गते नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साले पासवानविरुद्ध करणीसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि सात दिनको म्याद थप अनुमति लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार