Logo

१४ जेठ, जगरनाथपुर (पर्सा) । जगरनाथपुर गाउँपालिकामा वन तथा वातावरण संरक्षणसम्बन्धी विद्यालय शिक्षा कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ। गादिमाइ साझेदारी वन व्यवस्थापन समूहको आयोजना तथा श्री नेपाल आधारभूत विद्यालय, जगरनाथपुर–३, बिजबनियामा सम्पन्न कार्यक्रमले विद्यार्थीहरूलाई बन र वातावरण संरक्षणका विषयमा महत्वपूर्ण ज्ञान प्रदान गरेको छ।

कार्यक्रममा विद्यार्थीहरूलाई जङ्गलमा आगलागी नलगाउने र बन कसरी जोगाउने भन्ने विषयमा प्रशिक्षण दिइएको छ । कार्यक्रम विद्यालयका प्रधानाध्यापक उन्नति लाल प्रसाद कुर्मिको प्रमुख आतिथ्य र गादिमाइ साझेदारी बन व्यवस्थापन समूहका अध्यक्ष सहरुम राउत गद्दिको सभापतित्वमा सम्पनन भएको हो ।

विद्यालयका शिक्षक, गादिमाइ साझेदारी बन व्यवस्थापन समूहका पदाधिकारी, कक्षा ६, ७ र ८ का विद्यार्थीहरू तथा सञ्चारकर्मीहरू पनि कार्यक्रममा सहभागी थिए।

विशेष रूपमा सबडिभिजन बन कार्यालय बसन्तपुरका फरेस्टर श्रवण कुमार महतो र विद्यालयका शिक्षक रामबहादुर पुनले विद्यार्थीहरूलाई बन संरक्षणसम्बन्धी प्रशिक्षण प्रदान गरे ।

यस कार्यक्रमले बालबालिकामा बन र वातावरणप्रति सचेतना बढाउने साथै दिगो वन व्यवस्थापनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।


सम्बन्धित समाचार