Logo

१४ जेठ,काठमाडौं । चीनको पूर्वी शानडोङ प्रान्तमा रहेको एक रासायनिक प्लान्टमा मंगलबार राति भएको ठूलो विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। यस दुर्घटनामा १९ जना घाइते भएका छन् भने छ जना बेपत्ता रहेको बताइएको छ।

सामाजिक सञ्जालमा भाइरल भएका फुटेजहरूमा घटनास्थलबाट कालो धुवाँको ठूलो मुस्लो निस्किरहेको देखिन्छ।

स्थानीय प्रशासनका अनुसार शानडोङ युदाओ केमिकल कारखानामा भएको यस दुर्घटनापछि राहत र उद्धार कार्यका लागि २०० भन्दा बढी आपतकालीन उद्धारकर्मीहरू खटाइएको थियो। कम्पनीको वेबसाइटका अनुसार उक्त प्लान्टमा कीटनाशक र औषधि उत्पादन गरिन्थ्यो।


सम्बन्धित समाचार