Logo

१४ जेठ,बारा । बाराको प्रसौनी गाउँपालिकाको वडा नम्बर १ मा बुधबारबाट पेपर प्लेट बनाउने ७ दिने आधारभूत तालिम सुरु भएको छ। प्रसौनी गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (MEDPA) अन्तर्गत यो तालिम सञ्चालन गरिएको हो।

तालिमको उद्घाटन प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद जैसवालले गरेका थिए। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष किरण देवी, वडा नम्बर १ का वडा अध्यक्ष लालबाबु मुखिया लगायत तालिममा सहभागी महिलाहरूको उपस्थिति रहेको थियो।

यस तालिमबाट स्थानीय महिलाहरूलाई स्वावलम्बी बनाउँदै साना तहमै आम्दानी बढाउन सक्ने खालका सीप प्रदान गरिने जनाइएको छ। गाउँपालिका अध्यक्ष जैसवालले तालिममार्फत सहभागीहरूले पेपर प्लेट उत्पादनको प्रविधि, गुणस्तर व्यवस्थापन र बजारीकरण सम्बन्धी विषयमा व्यावहारिक ज्ञान हासिल गर्ने कुरामा जोड दिए।


सम्बन्धित समाचार