Logo

१५ जेठ,काठमाडौं । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न प्रस्तुत हुने आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गर्न मध्याह्न मन्त्रिपरिषद् बैठक बस्दैछ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने यो बैठकले बजेटलाई अन्तिम रूप दिनेछ। यसैगरी, आजै अपराह्न राष्ट्रिय योजना आयोगका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आयोगको बैठक पनि हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

संघीय संसदमा आज अपराह्न ३ः०० बजे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ। आम जनता र सरोकारवाला निकायहरूले आगामी आर्थिक वर्षको बजेटमा कस्ता नयाँ कार्यक्रम र नीतिहरू समावेश हुन्छन् भन्ने कुरालाई चासोका साथ हेरिरहेका छन्।


सम्बन्धित समाचार