Logo

१५ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका डिआइजी गणेश बहादुर ठाडा मगरलाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ। गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा बिहीबार बसेको बढुवा समितिको बैठकले ठाडालाई एआईजीमा सिफारिस गर्ने निर्णय गरेको हो।

सशस्त्र प्रहरी बलमा एआईजी चन्द्रप्रकाश (सीपी) गौतम गत वैशाख २ गते अवकाशमा गएपछि उक्त पद रिक्त भएको थियो। रिक्त पद पूर्तिका लागि वैशाख १४ गते बढुवा समितिले सात दिनको सूचना प्रकाशित गरेको थियो। उक्त सूचनाअनुसार ८ जना डिआइजीहरूले एआईजी पदका लागि आवेदन दिएका थिए।

आवेदन दिने डिआइजीहरूमध्ये कमल गिरी, शम्भु सुवेदी, कुलबहादुर नेम्वाङ, लक्ष्मण सिंह र प्रदीप कुमार पाललाई पछि पार्दै ठाडा सिफारिसमा परेका हुन्। यस्तै, सशस्त्र प्रहरी बल स्थापनापछिको पहिलो भर्ना समूह ‘सिसम–१’ का सदस्य सुरेश श्रेष्ठ र अञ्जनी कुमार पोखरेलले पनि एआईजी पदका लागि फारम बुझाएका थिए।

ठाडाको बढुवा सिफारिसले सशस्त्र प्रहरी संगठनको नेतृत्व तहमा नयाँ समिकरण आउने देखिएको छ।


सम्बन्धित समाचार