
१९ जेठ,वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–१ टाँडीबाट आज बिहान लागुऔषध गाँजासहित एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ। आज बिहान १ः४५ बजेको समयमा नेपालबाट भारततर्फ जाँदै गरेको
बि.आर०५एजे.९०७० नम्बरको मोटरसाइकलमा सवार चालकले प्रहरी गस्ती टोलीलाई देखेर मोटरसाइकल सोही स्थानमा छाडी फरार भएका थिए।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी पाण्डेपुरबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले मोटरसाइकल जाँच गर्दा करिब ३० किलो गाँजा फेला पारेको हो। बरामद भएको गाँजा र मोटरसाइकल दुवैलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा ल्याइएको प्रहरीले जनाएको छ।