Logo

१९ जेठ,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ। सिंहदरबारमा सोमबार बसेको माओवादी संसदीय दलको बैठकले सो निर्णय गरेको हो।

माओवादी उपमहासचिव वर्षमान पुनका अनुसार, भिजिट भिसा प्रकरणमा ’सेटिङ भएको प्रष्ट देखिएकाले’ छानबिनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने दलको निष्कर्ष रहेको छ। उनले अहिलेसम्मको परिस्थिति हेर्दा गृहमन्त्रीको राजीनामाको अडानबाट पछि हट्न नसक्ने बताए।

उपमहासचिव पुनले गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने कुरा विपक्षीले मात्रै नभई आम सञ्चारमाध्यम र जनसमुदायले नै भनिरहेको अवस्थामा गृहमन्त्रीले छानबिनमा सहयोग गर्नुपर्ने उल्लेख गरे।

मंगलबार संसद बैठक सुरु हुनुअघि विपक्षी दलको बैठक बसेर थप रणनीति तय गर्ने पनि उनले जानकारी दिए।


सम्बन्धित समाचार