Logo

१९ जेठ, वीरगञ्ज। वीरगञ्ज महानगरपालिका तथा शहरी क्षेत्रमा अव्यवस्थित रुपमा छरिएका तारहरूको व्यावस्थापनका लागि सरोकारवालाहरुलाई छलफलका लागि जिल्ला प्रशासन कार्यालय पर्साले बोलाएको छ ।

जथाभावी अव्यवस्थित भएका तारका कारण शहरी सौन्दर्यमा नकारात्मक असर परेको र आवागमनमा समेत बाधा पुगेको गुनासो बढेसँगै सरोकारवाला निकायहरूलाई छलफलका लागि भोली मंगलबार बिहान ११ बजे जिल्ला प्रशासन कार्यालयमा बोलाईएको जिल्ला प्रशासन कार्यालय पर्साका शाखा अधिकृत दीपक पटेलले जानकारी दिए ।

शाखा अधिकृत पटेलले गरेको पत्राचारमा नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरणका वीरगञ्ज र पोखरिया वितरण शाखा, नेपाल आयल निगम वीरगञ्ज शाखा, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, हुलाकी राजमार्ग निर्देशनालय, डिभिजन सडक कार्यालय, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, वीरगञ्ज महानगरपालिकाका विभिन्न शाखाका प्रमुखहरू र पत्रकार महासंघ वीरगञ्जलाई छलफलका लागि आमन्त्रण गरिएको छ ।

प्रशासनले अव्यवस्थित तारका कारण आगलागी जस्ता घटनासमेत बढिरहेको भन्दै यसको प्रभावकारी व्यवस्थापनका लागि सबै सरोकारवाला निकायहरूको सहभागितामा ठोस कार्ययोजना बनाउनु आवश्यक रहेको बताएको छ ।

CamScanner 02-06-2025 15.42


सम्बन्धित समाचार