Logo

१९ जेठ,वीरगञ्ज । नेपाल भारतको क्रस बोर्डर सुरक्षा बैठक आज सम्पन्न भएको छ । वीरगञ्जको गण्डक स्थित क्लार्क होटलमा आज भएको बैठकमा दुवैदेशका सीमाक्षेत्रका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरुको उपस्थितिमा बैठक बसेको हो ।

बैठकमा दुवैदेशको सीमाक्षेत्रमा हुने शान्ति सुरक्षा र सीमा समस्याका बारेमा आपसी छलफल भएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए । नेपाली पक्षबाट भारतमा द्रूतगतिमा फैलिएको कोरोना भाईरस संक्रमण रोकथाम, सीमाक्षेत्रको दशगजामा अनावश्यक व्यक्तिहरु प्रवेशले अतिक्रमण बढेको विषयमा ध्यानाकर्षण गराएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

त्यस्तै लागूऔषधको ओसार पसार नियन्त्रणका लागि नेपालमा प्रतिबन्धित औषधिहरुको निगरानी गर्न आग्रह गरिएको बताए । त्यस्तै भारतीय पक्षबाट बिहारमा हुन लागेको निर्वाचनको सुरक्षाका सम्बन्धमा छलफल गरेको र विशेष गरि सिर्सिया नदिको प्रदूषणको विषयमा विशेष जोडले कुरा उठाएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।

पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालयको अध्यक्षतामा भएको बैठकमा बाराका प्रमुख जिल्ला अधिकारी र तथा पर्सा, बाराका तीनवटै सुरक्षा निकायका प्रमुख र भारतको पूर्वीचम्पारण र पश्चिम चम्पारणका डीएम (डिष्ट्रिक्ट म्याजेष्ट्रेट) र तथा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र को सहभागिता रहेको थियो ।


सम्बन्धित समाचार