Logo

२० जेठ,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आगामी आर्थिक वर्षको बजेटमाथि संसद्मा सुरु हुन गइरहेको छलफल र जारी राजनीतिक गतिरोधबारे छलफल गर्न विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको छ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ’प्रचण्ड’को कार्यकक्षमा अहिले विपक्षी दलहरूबीच महत्वपूर्ण छलफल भइरहेको छ। बैठकमा मुख्यतया भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको विषयमा विपक्षी दलहरूको अडान र बजेटमाथि हुन गइरहेको छलफललाई कसरी अगाडि बढाउने भन्नेमा केन्द्रित रहेको छ।

विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद्को कार्यवाही सुचारु हुन नदिने अडान लिँदै आएका छन्। यस अडानका कारण मंगलबारदेखि सुरु हुने भनिएको बजेटमाथिको छलफलमा अवरोध आउने सम्भावना बढेको छ।

सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले बजेटमाथिको छलफलमा अवरोध सिर्जना नगर्न विपक्षी दलहरूलाई आग्रह गरे पनि विपक्षीहरू सकारात्मक देखिएका छैनन्। यसले गर्दा संसद्को गतिरोध अझै केही समय लम्बिने संकेत देखिएको छ।


सम्बन्धित समाचार