Logo

२० जेठ,काठमाडौं । प्रतिनिधिसभामा जारी गतिरोध अन्त्य गर्ने प्रयास स्वरूप सभामुख देवराज घिमिरेले प्रमुख चार दलका प्रमुख सचेतकहरूसँग संयुक्त छलफल थालेका छन्। यसअघि उनले दलका नेताहरूसँग छुट्टाछुट्टै पनि छलफल गरेका थिए।

गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले लगातार सदनमा अवरोध गरिरहेका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीसमेत जोडिएको भन्दै विपक्षी दलहरूले उनको राजीनामाको माग गर्दै आएका छन्।

सभामुखले आजको छलफलमार्फत संसदको गतिरोध अन्त्य गरी आगामी आर्थिक वर्षको बजेटमाथिको छलफललाई सहज बनाउने प्रयास गर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार