
२० जेठ,काठमाडौं । प्रतिनिधिसभाको बैठक तीन घण्टा पर सारिएको छ। सत्तापक्ष र प्रतिपक्षी दलहरूबीच सदन सञ्चालनका सम्बन्धमा सहमति जुट्न नसकेपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे सूचना टाँसेर २ बजेसम्मका लागि सारिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ।
विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने माग गर्दै आएका छन्। यसअघि बसेको विपक्षी दलहरूको बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले छानबिनलाई सहयोग गर्न राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो।
गृहमन्त्रीको राजीनामाको मागलाई लिएर विपक्षी दलहरूले सदनको कामकारबाहीमा लगातार अवरोध पु¥याउँदै आएका छन्। यस गतिरोधका कारण महत्वपूर्ण विधेयकहरू र बजेटमाथिको छलफल प्रभावित भएको छ।