Logo

२० जेठ,काठमाडौं । विभिन्न खेलकुद प्रतियोगितामा अवैध सट्टेबाजी गराएको आरोपमा प्रहरीले काठमाडौं उपत्यकाबाट १२ नेपाली र ५ भारतीय नागरिकसहित १७ जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार, यो समूह ललितपुरको नख्खुस्थित सनराइज अपार्टमेन्ट र धापाखेलस्थित एक भिल्लामा सट्टेबाजी कार्यमा संलग्न रहेको थियो।

प्रारम्भिक अनुसन्धानबाट खुलेअनुसार, भारतीय गिरोहले मासिक ७० देखि ७५ हजार रुपैयाँ तलब दिएर पक्राउ परेका व्यक्तिहरूलाई सट्टेबाजी गराउँदै आएका थिए। पक्राउ परेका सबै दुबईबाट भिजिट भिसामा नेपाल फर्किएर ’सेभेन ११ ब्याट क्लब’ र ’युनिक ३६५’ नामक सट्टेबाजी एपमार्फत यो धन्धा चलाउँदै आएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


सम्बन्धित समाचार