Logo

२० जेठ,काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) बाट नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका गंगानारायण श्रेष्ठ नेतृत्वको टोलीका १६ जनालाई माओवादी केन्द्रको केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ।

नेसपा अध्यक्ष महेन्द्रराय यादवलाई छाडेर जेठ १२ गते माओवादीमा समाहित भएका श्रेष्ठलाई सोही दिन सचिव मनोनीत गरिएको थियो। त्यसलगत्तै श्रेष्ठसमेत सम्मिलित पदाधिकारी बैठकले नेसपाबाट आएका १४ जनालाई केन्द्रीय सदस्य र २ जनालाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो।

श्रेष्ठका अनुसार, थप वैकल्पिक केन्द्रीय सदस्यहरूको बारेमा छिट्टै निर्णय हुनेछ।

माओवादी केन्द्रको केन्द्रीय समितिमा मनोनित हुनेहरूमा बन्दना सुवेदी (सिन्धुली), सुरद बहादुर स्याङ्तान (सिन्धुली), अक्कल बहादुर थिङ (काभ्रे), राजेन्द्र कुमार किराती (संखुवासभा), खुम्बराज खत्री (उदयपुर), दुर्गादेवी न्यौपाने भट्टराई (गोरखा), ज्ञानेन्द्र कुमाल (गोरखा), रमेश पोखरेल (गोरखा), शिव सुन्दर शाही (अछाम), रामकैलाश यादव (सर्लाही), वेदप्रसाद आचार्य (बाँके), नरेन्द्रनाथ योगी (जुम्ला), महेन्द्र बहादुर शाही (बाजुरा) र सोविन थिङ (मकवानपुर) रहेका छन्।

यसैगरी, होम कुमारी दोङ (काभ्रे) र नहेन्द्र प्रधान (दोलखा) लाई वैकल्पिक केन्द्रीय सदस्य बनाइएको छ।


सम्बन्धित समाचार